मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको छ : मन्त्री महतो

आइतबार, ०६ जेठ २०८१, १७ : ४५
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताएका छन् । 

बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल जलवायु परिवर्तनको प्रभावलाई उच्च व्यवस्थापन गर्नसक्ने देश भएको पनि बताए । उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपालले विभिन्न नीतिहरु बनाएको र प्रभावकारी कार्यान्वयनको चरणमा गइरहेको बताए । 

मन्त्री महतोले विश्वव्यापी सहयोग र साझेदारीको वकालत गर्नु नेपालको अधिकार रहेको बताए । उनले वित्तीय स्रोत नेपालको सामूहिक कार्य गर्नको लागि आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री महतोले प्यानल छलफलले जलवायु परिवर्तनको सामना गर्ने क्रममा समुदायको समस्याहरु समाधान गर्नेतर्फ पनि महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप