सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय

मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : १६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले रातोपाटीलाई जानकारी दिइन् । 

जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेका हुन् । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।

यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप