सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सांसद  सिंहले दायर गरे सर्वोच्चमा रिट

सोमबार, २८ जेठ २०८१, २० : ०८
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

एनसेलको ८० प्रतिशत सेयर रहेको आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै उनले रिट दायर गरेको जनाएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु।’ 

रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको उनले जानकारी दिएका छन् ।

am

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप