आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरु

शुक्रबार, ३१ साउन २०७६, ०८ : ११
शुक्रबार, ३१ साउन २०७६

संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरुलाई किनेका ११ वटा नयाँ स्कार्पियो गाडी १ महिनामै बिग्रिएको बारे छलफल गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् । 

छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि बस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ ।

गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन भएको छ । 

समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप