चालू आर्थिक वर्षको पहिलो महिनामा ०.२७ प्रतिशत बजेट खर्च
सोमबार, ०२ भदौ २०७६, ११ : ४४
काठमाडौं–चालू आर्थिक वर्ष (२०७५/०७६) को पहिला एक महिनामा बजेट खर्च ०.२७ प्रतिशत भएको छ । पुँजीगत खर्च ०.१५ प्रतिशत भएको छ भने चालु खर्च ०.३७ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
जसमा साउन मसान्तसम्म ४ अर्ब २० करोड ३५ लाख रुपैयाँ खर्च भएको हो । पुँजीगत खर्च ५९ करोड २९ लाख खर्च भएको छ । चालु बर्षका लागि ४ खर्ब ८ अर्ब ५९ लाख पुँजीगत खर्च छुट्याइएको छ ।
चालु तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख छुट्याइएकोमा ३ अर्ब ५० करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।