प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने नेकपाको निर्णय
बिहीबार, ०५ भदौ २०७६, १४ : २७
धनुषा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको छ ।
त्यस्तै समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ । सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ ।