चमार जातीले अब गढीमाई मेलाको सिनो नउठाउने
आइतबार, ०८ भदौ २०७६, २१ : ३२
रौतहट – विश्वप्रशिद्ध बाराको गढीमाई मेलामा यस पटक चमार जातीले सिनो नउठाउने घोषणा गरेका छन । परम्परागत रुपमा सिनो फाल्दै आएका चमार जातीले अबदेखि सिनो नफाल्ने सामुहिक रुपमा घोषणा गरेका हुन् ।
चमार समुदायको आत्मसम्मानका लागि पूर्णरुपमा सिनो बहिष्कार गर्ने निर्णय भएको राजनारायण रामले बताए । विश्वमै बढी बली दिइने पाँच वर्षीय गढीमाई मेलामा एक दिनको बदनामीको कारण दिनहु समाजमा चमार जातिले कलंकित हुन परेको उनीहरुको ठम्मयाई छ ।
सिनो बहिष्कार समिति गठन समेत गरेको छ । स्थानीय दलित अगुवा दिपेन्द्र रामको संयोजकत्वमा २३ सदस्यीय समिति बनाएको छ ।