आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अरबाजसँगको दोस्तीबारे मलाईकाले भनिन्, ‘उनी मेरो छोराको पिता हुन्, उनलाई नजरअन्दाज गर्न सकिँदैन’

बुधबार, ११ भदौ २०७६, ११ : ५५
बुधबार, ११ भदौ २०७६

मलाईका अरोडाले अरबाज खान उनको छोराको पिता भएकाले उनलाई उपेक्षित वा नजरअन्दाज गर्न नसकिने बताएकी छिन् । एक अन्तर्वार्तामा उनले यस्तो भनेकी हुन् । उनकी बहिनी अमृता पनि उनीसँगै थिइन् ।सम्बन्धविच्छेदपछि अरबाजसँग उनको र उनको बहिनीको सम्बन्धमा कुनै परिवर्तन आएको त छैन भनेर प्रश्न सोधिएको थियो ।

सम्बन्ध रातारात बन्दैनः मलाइका

जवाफमा मलाइकाले भनिन्, ‘सम्बन्ध रातारात बन्ने होइन । यो बन्न समय लाग्छ । यो सबैका लागि विशेष र व्यक्तिगत हुन्छ । तपाईं सम्बन्धलाई यत्तिकै तोड्न सक्नुहुन्नँ । यो स्वतन्त्र लगाव हो । जो मेरा अभिभावक, बहिनी र मेरा ज्वाईं (अमृताका श्रीमान्) सँग छ । अरबाजलाई उहाँहरुले यत्तिकै चिन्नुभएको त होइन नि । उनी मेरा अभिभावकका लागि छोराजस्तै छन्, बहिनी ज्वाईंका लागि साथीजस्तै छन्, परिवारजस्तै छन् । आखिर उनी मेरो छोराको पिता हुन् । उनलाई उपेक्षित वा नजरअन्दाज गर्न सकिँदैन ।’

‘सानीमासँग धेरै नजिक छन् छोरा’

मलाइका र अरबाजले सन् २०१७ मा आफ्नो सम्बन्ध समाप्त गरे । उनीहरुका १६ वर्षका छोरा छन् अरहान । अरहानले आफूसँग केही पनि नलुकाउने उनले बताइन् । मलाइकाले भनिन्, ‘उनकी एउटी प्रेमिका होस् वा १०, उनले यसबारे सबै कुरा अमृतालाई बताउँछ । उनी आफ्नी सानीमासँग निकै नजिक छन् ।’

अर्जुन कपुरसँगको सम्बन्धबारेः

मलाईकाले अर्जुन कपुरसँग आफ्नो सम्बन्धबारे भनिन्, ‘हाम्रो सम्बन्धबारे धेरै नै अफवाह र अड्कलबाजी सार्वजनिक हुन थालेको थियो । विशेषगरी हाम्रो विवाहबारे । त्यसैले हामीले आफ्नो सम्बन्धलाई स्विकार्ने निर्णय गर्यौं ।’

विवाहको प्रश्नबारे उनले भनिन्, ‘अहिले हामी एक–अर्कालाई बुझ्ने कोसिस गरिरहेका छौं । सबैलाई हाम्रो विवाहको किन यत्ति हतार ? जब हनेछ, तब सबैलाई थाहा भइहाल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप