मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एटिएम ह्याक प्रकरणः प्रहरीको बयानमा आज पनि गएनन् नेप्सका सिइओ

बुधबार, १८ भदौ २०७६, १७ : ४८
बुधबार, १८ भदौ २०७६

काठमाडौं– चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्टको सिस्टम (नेप्स) ह्याक गरी साढे तीन करोड चोरेको विषयमा अनुसन्धान गर्न नेप्सका सिइओ प्रविण क्षेत्रीलाई बयानका लागि बोलाए पनि विशेष कारण जनाउँदै क्षेत्री बयानमा गएनन् । 

महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले रातोपाटीसँग कुरा गर्दै क्षेत्रीले बिशेष कारण देखाउँदै आज आउन नसकेको जानकारी दिए । क्षेत्रीलाई मंगबार (हिजो) पनि बयानका लागि बोलाइएको थियो तर उनी उपस्थित भएनन् । भोली बिहीबार १० बजे उपस्थित हुने जानकारी आएको डिएसपी बोगटीले जनाएका छन् । 

नेप्सले हाल १८ बैंक तथा वित्तिय संस्थाको कार्डको होस्टिङ र स्विचिङ सेवा प्रदान गर्दै आएको छ । बैंकरहरु यस घटनामा नेप्स जिम्मेवार रहेको बताउन थालेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप