आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीको लाठीचार्जबाट अनेरास्ववियूका संयोजक महरसहित नेताहरु घाइते

बुधबार, १८ भदौ २०७६, २० : १८
बुधबार, १८ भदौ २०७६

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूका  संयोजक ऐन महरसहित  महरसहितका नेताहरुमाथि प्रहरीको लाठीचार्ज गरको छ । 

पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट संयोजक  महर, विद्यार्थी नेताहरु समिक बडाल, सुदेश पराजुलीलगायत घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरु घाइते भएको बताए । 

‘चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उनीहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उनले भने, ‘सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।’

 सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको  प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् । चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप