मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नक्कली सवारी लाइसेन्ससहित तीन जना प्रहरीको फन्दामा

शुक्रबार, २० भदौ २०७६, २१ : २८
शुक्रबार, २० भदौ २०७६

रौतहट – विभिन्न सवारी साधनहको नक्कली लाइसेन्स बनाउने ३ जना बारा प्रहरीको फन्दामा परेका छन् । नक्कली सवारी लाइसेन्ससहित पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ८ बस्ने वर्ष ३१ का रामबहादुर स्याङतान, वर्ष ३३ का गोलाप सिंह भुपाल र बारा जिल्ला सुवर्ण गाँउपालिका वडा नम्बर ५ बस्ने वर्ष ४५ का गगनदेव साह रहेको बारा प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट पुरानो सवारी चालक अनुमति पत्र १ थान,  नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड ४ थान, ८ लाख २५ हजार बराबरको रामबहादुर स्याङतान,को नाममा विभिन्न बैकमा काटिएको चेक ४ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जित शिंह राठौरले बताए ।

सरकारी छाप र हस्ताक्षर गरेकोमा किर्तेमुद्धा दर्तागरी जिल्ला अदालत बारा बाट पाँचदिनको म्याद थमाई घटनाको थपअनुसंधान गरीरहेको डिएसपी राठौरले बताए । नक्ककली लाइसेन्स बनाउने ग्रिरोहका नाइके गगनदेव साह यसअघि २०७५मा बाराको जितपुरमा नक्कली लाइसेन्ससहित पक्राउ परेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप