आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२० करोड लगानीमा दुई रंगशाला बन्दै

शनिबार, २१ भदौ २०७६, ०६ : ४६
शनिबार, २१ भदौ २०७६

सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । 

कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए । 

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो । 

दुधौली नगरपालिका वडा नं ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा अनिल भण्डारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप