मोटरसाइकलमा सवार व्यक्ति सुनको सिक्री लुटेर फरार
आइतबार, २२ भदौ २०७६, १३ : ०६
काठमाडौं-काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।