सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस जागरण अभियान : शीर्ष नेताले भोली कहाँ– कहाँ सम्बोधन गर्दैछन् ?

सोमबार, २३ भदौ २०७६, २१ : ३४
सोमबार, २३ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसले मंगलबारदेखि सुरू हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि प्रतिनिधि खटाएको छ। ३ सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि काँग्रेसले सोमबार प्रतिनिधि खटाएको हो। जसमा अधिकांश  प्रदेशसभाका उम्मेदवार प्रतिनिधि रहेका छन् । केही ठाउँमा पूर्वसांसद र पूर्व जिल्ला सभापतिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ । 

यता, पार्टीका पदाधिकारीलाई पनि विभिन्न जिल्लामा खटाइएको छ । कार्यक्रम तालिकाअनुसार सभापति शेरबहादुर देउवाले  सुनसरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै महामन्त्री डा.शशांक कोइरालाले मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौँं र सहमहामन्त्री डा.प्रकाशशरण महतले पनि काठमाडौंकै सभालाईे सम्बोधन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप