सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै, अधिकांश लक्ष्यहरु यथावत

मङ्गलबार, २७ माघ २०७७, ०९ : २६
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् ।

अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन घोषणा गरेको छ । चुनावी बजेट खर्चसमेत अहिलकै बजेट भित्रबाट व्यवस्थापन गर्नेगरी समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

अघिल्ला वर्षजस्तै यो वर्ष पनि पुँजीगत खर्चको अवस्था ज्यादै नाजुक देखिएको छ । ६ महिनासम्म बजेट खर्च ३० प्रतिशतभन्दा कम छ । पुँजीगत खर्च र वित्तीय व्यवस्थाका लागि छुट्याइएको खर्च १५ प्रतिशत पनि हुन नसकेको अवस्थामा यसलाई बढाउने चुनौती मन्त्रालयले देखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप