आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सांसद राजु विष्टले गरे आफ्नै तलबबाट ५ वर्षका लागि शिक्षक व्यवस्था

बुधबार, १० जेठ २०८०, १८ : ३५
बुधबार, १० जेठ २०८०

काठमाडौँ । बागमती प्रदेश सांसद राजु विष्टले आफ्नो तलब भत्ताबाट एक शिक्षकको तलब व्यवस्था गर्ने घोषणा गरेका छन् । विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानमा रहेको श्री सिलादेवी आधारभूत विद्यालयमा एक जना शिक्षिकालाई प्रत्येक महिना आफ्नो तलबबाट मासिक तलब दिने घोषणा गरेका हुन् ।

उनले सो विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पहिलो महिनाको तलब समेत हस्तान्तरण गरेका छन् । 

निर्वाचनका बेला मत माग्न घरदैलो गर्ने क्रममा सो स्थानमा पुग्दा शिक्षक अभाव भएको स्थानीयले समस्या राखेको सांसद विष्टले बताए । चुनावको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्न आफ्नै तलबबाट भएपनि शिक्षक व्यवस्था गर्छु भनेर आफ्नो कार्यकालभरि तलब उपलब्ध गराउने निर्णय लिएको उनले रातोपाटीलाई बताए । उ

नी गत मंसिरमा भएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि छोटो समय उनी प्रदेशको वन तथा वातावरण मन्त्री समेत बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप