आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बबई सिँचाइ आयोजनालाई ६३ करोड बजेट

सोमबार, १५ जेठ २०८०, १८ : ४०
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले बबई सिँचाइ आयोजनामार्फत थप १ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने योजना बनाएको छ । यसका लागि आगामी आर्थिक वर्षमा ६३ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

यस्तै, मध्ये तराईको १ लाख २२ हजार हेक्टर क्षेत्रलाई सिँचाइ सुनकोसी मरिन डाइभर्सन आयोजनाको निर्माण सम्पन्न गर्न ४ अर्ब १७ करोड विनियोजन भएको छ । यस्तै, भूमिगत जलस्रोतको उपयोग गरेर सर्लाही क्षेत्रको २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ गर्न नयाँ आयोजना सुरु गरिने समेत अर्थमन्त्रीले घोषणा गरे ।

दाङ उपत्यकाको ६०० हेक्टर क्षेत्रफल जग्गामा सिँचाइका लागि सरकारले आयोजना अघि बढाएको छ । 

यस्तै, एकीकृत कर्णाली सिँचाइ विकास आयोजना समेत सुरु गर्ने र यसबाट कर्णालीमा कृषि उत्पादन वृद्धि गर्न सघाउ पुग्ने सरकारको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप