आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट सार्वजनिक हुनुपूर्व एमालेको टिप्पणी : छनक राम्रो छैन

शुक्रबार, ०१ असार २०८०, १४ : ५०
शुक्रबार, ०१ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट शुक्रबार सार्वजनिक हुँदैछ । शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नेछन् ।

बजेट सार्वजनिक हुनुपूर्व नै नेकपा एमालेले बजेट राम्रो नआउने टिप्पणी गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको आगामी वर्षको बजेटको छनक राम्रो नरहेको जनाएको हो । 

संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले बजेटमा विपक्षी दलहरुलाई समेट्न नसकेको बताए । उनका अनुसार सरकारले जनताका आवश्यकताको आधारमा प्रतिपक्षका सांसदहरुले सिफारिस गरेको योजनाहरु समावेश नगरी अघि बढेको छ । 

सरकारले सत्तापक्ष र विपक्ष बिच विभेद गरेर बजेट ल्याउने तयारी गरेको उनको भनाई छ । आर्थिक संकटबाट प्रभावित भएको अवस्थामा सरकारले नागरिक लक्षित कार्यक्रमहरु बजेटमा समावेश गर्न नसकेको उनले बताए ।

‘सरकारका दलहरु नै समस्या छ । आर्थिक संकटका कारण जरजर भएको अवस्थामा सरकारले ल्याउने बजेटको छनक राम्रो छैन,’ उनले भने, ‘सरकारले बजेटमा प्रतिपक्ष दलहरुलाई समेट्ने अवस्था देखिएको छैन । सरकारले आवश्यकता र माग अनुसार बजेट ल्याउनुपर्ने हुन्छ । तर, वर्तमान सरकारले त्यसलाई बजेटमा समावेश गर्न सकेको छैन ।’

प्रतिपक्ष र सत्तापक्ष बिच बजेटको विषयमा कुनैपनि सम्झौता नभएको उनको भनाई छ । एमालेको माग अनुसार बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम (सांसद विकास कोष) समावेश नभएको उनले बताए । सत्तापक्षका सांसदले नै बजेटमा सो कार्यक्रम समावेश गर्न माग गरेर अनुसार समावेश भएको उनले बताए ।

प्रदेश संरचनाको स्थायित्व, विकास निर्माणका कामको प्रभावकारिता लगायतका विषयमा सरकारले गम्भीर ढंगबाट अघि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । प्रदेश संरचनामाथि प्रश्न उठिरहेको अवस्थामा सरकारले सोही पक्षमा बल पुग्ने गरी काम गरिरहेको उनको भनाई छ ।

‘सरकारले बजेटबाट प्रदेशको स्थायित्वm विकास निर्माणको प्रभावकारीतामा ध्यान दिनुपर्ने हो । तर त्यसो हुन सकेको देखिँदैन । प्रदेश संरचना माथि प्रश्न उठिरहेको अवस्थामा सरकारको गतिविधि त्यसलाई सघाउ पु¥याउने तर्फ रहेको छ । सरकारले मन्त्रालयको संख्या बढाउने, कार्यकर्ताहरुलाई बजेट दिने जस्ता काम गर्दा प्रदेश संरचनाको खारेजीको माग गर्नेहरुलाई बल पुगेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप