आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानोठिमीको बालसुधार गृहमा ‘नाबालक बन्दी’को शंकास्पद मृत्यु, छानबिन गर्न समिति गठन

आइतबार, ०३ भदौ २०८०, १६ : २३
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । उनले भने– ‘प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद देखिँदैन तर, पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउँछौँ ।’

घटना छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजालले रातोपाटीलाई बताए । उनले भने–‘समितिलाई ७ दिनमा छानबिन गरेर रिपोर्ट पेश गर्न भनिएको छ ।’ छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् ।

मृतकका मामा सन्तोष विष्टले घटना शङ्कास्पद रहेको भन्दै आफ्नो भान्जालाई ‘हत्या’ गरिएको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै विष्टले भने– ‘स्वाभाविक मृत्यु होइन, सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप